चलचित्र
नेपाली विकिपीडियाबाट
चलचित्र, सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजहरूको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागी चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र-भवनमा देखाउन सकियोस।
[परिवर्तन्] नेपाली चलचित्रको इतिहास
नेपालमा निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन २०२२ सालको असोजमा आमा चलचित्र वाट भयो। तर सरकारी लगानीमा निर्मित यो चलचित्र निर्माण हुनु अगावै २०१८ सालमा नीजि लगानीमा निर्माण थालिएको चलचित्र माइतीघर भने आमा भन्दा पछाडी मात्र सार्वजनिक भयो। नेपाली भाषामा निर्मित पहिलो चलचित्र भने भारतमा २००८ सालमा निर्मित सत्य हरिश्चन्द्र हो, जुन नेपालीमा पनि डबिङ्ग गरेर सार्वजनिक गरिएको थियो।
नेपाली चलचित्रले चार दशक भन्दा लामो इतिहास बनाईसकेको छ। धेरै संख्याका दर्शकको भने थुप्रै कारणले मन जित्न सकेको छैन्। नेपाली चलचित्र सम्बद्ध जानाकारी प्राप्त गर्न सहज छैन। विश्व सन्जाल बनेको इन्टरनेटमा पनि यस्ता सामाग्रीको उपस्थिती न्यून छ तर हाल आएर केही वेबसाइटहरूले यसको अभाव खड्किन नदिने कोसिस गरेका छन् । सिनेकर्मीको इन्टरनेटमा कम पहुच र रुचिका कारण यसले अझै ब्यबसायिक रुप लिन सकेको छैन।