भीमदत्त पन्त
नेपाली विकिपीडियाबाट
तारानाथ पन्तका छोरा शहीद भीमदत्त पन्तको जन्म डडेल्धुराको घटाला कारीगाउँमा वि.सं. १९८३ साल मंसिर १० गते सरस्वती देवीको गर्भबाट भयो । १५ वर्षको उमेरमा भारतको सिंघाईबाट म्याटि्रक पास गरेर नेपाल फर्के । डडेल्धुराको विरखन भन्ने ठाउँमा संस्कृत पाठशाला खोले । त्यसपछि उनले तल्लो सोरठ र रूपालमा पनि पाठशाला खोले । २००१ सालमा भारत पढ्न गएका पन्त अंग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा छुटे । नेपाल फर्केर २००६ सालमा नेपाली कांग्रेस पार्टी लिए । २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि कांग्रेस पार्टी छाडे । त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका पन्तले २००९ सालमा काठमाडौँ आएर पार्टीसँगै सम्पर्क गरे । जसको जोत उसको पोत, कमैया प्रथा उन्मूलन आदिमा लागेपछि उनलाई २०१० साल श्रावण १७ गते पक्राउ गरियो र भोलिपल्ट स्थानीय सामन्तीहरूको मद्दतमा सिपाहीद्वारा टाउको काटेर मारियो ।