राजकुमार बाहदुर शाह
नेपाली विकिपीडियाबाट
राजकुमार बाहदुर शाहको नेपालको एकिकरण अभियान मा अतुलनिय योग्दान रहेको छ जसरी गोरखा बाट पुर्व को एकिकरण अभियान टिस्टा पारी सम्म पुर्याउने सफल नेतृत्व यिनका बाबु बडामाहाराज पृथ्वी नारायण शाहले गरेका थिए त्यसै गरी प्राय जसो पस्चिम नेपालको एकिकरण अभियानको सफल नेतृत्व राजकुमार बाहदुर शाहले गरेका थिए । यिनमा पिता पृथ्वी नारायण शाहकै जस्तो नेतृत्व क्षमता रहेको इतिहास पढदा जानकारी पाइन्छ ।
रानी राजेन्द्र लक्ष्मीको देहान्त पछी रण बहादुर शाह का काका हैसियतमा राजा पृथ्वी नारायण शाहका महिला छोरा राजकुमार बहादर शाहले रण बाहदुर को नायवी ग्रहण गर्दै नेपालको एकिकरण अगाडी बढाए । राजकुमार बहादुर शाह ले पस्चिम नेपालको शक्ती साली पाल्पा राज्यका राजाकी बहिनी संग बैवाहीक संबन्ध बनाइ पस्चिम पर्वत देखी,गुल्मी,अर्घा,खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउ गढवाल हुदै सतलज नदी पारी गोरखाली पुगेका थिए नेपाल एकिकरण को अभियानमा बाहदुर शाह को नेतृत्वकाल लाइ स्वर्ण काल मानीन्छ तर पछी बाहदुर शाह जस्ता वीर सुझ बुझ पुर्ण नेतृत्व क्षमता भएका राजकुमारको रण बहादुर शाहको लहडबाजी मा जेल मा हाली मृत्यु गराइयो ।