रामप्रसाद ज्ञवाली
नेपाली विकिपीडियाबाट
रामप्रसाद ज्ञवाली कलेजस्तरमा नेपालीका पढाउनुहुन्छ । उहाँ साहित्यकार पनि हुनुहुन्छ । उहाँको जन्म २०२४ साल गुल्मी जिल्लामा भएको हो । उहाँ कुन्तादेवी र दुर्गाप्रसादका छोरा हुनुहुन्छ । संस्कृतमा शास्त्री र नेपालीमा एमए (प्रथम श्रेणीमा प्रथम) गरेका ज्ञवालीले करिब एक दर्जन साहित्यिक कृति लेख्नुभएको छ । 'विवश आँसु' (नाटक, २०४४), 'परिवर्तनको मोडमा' (उपन्यास, २०५५), 'जीवनका घुम्तीहरू' (उपन्यास, २०५३), 'औँसीका फूलहरू' (महाकाव्य, २०५३), 'आख्यानकार पारिजात' (समालोचनाग्रन्थ, २०५८), 'पुतली र झुसिल्किरा' (कवितासंग्रह, २०५९), 'एकादेशमा' (खण्डकाव्य, २०६१), 'सानी परेवी र बाज' (बालकथा, २०६१), 'असुरग्याँस' (कवितासंग्रह, २०६२), 'सम्पत्ति' (एकांकीसंग्रह, २०६३) र 'पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या' (सैद्धान्तिक समालोचना, २०६३) उहाँले लेखेका कृति हुन् । उहाँले कक्षा १ देखि १० सम्मका लागि दस प्रकारका व्याकरण, पूर्वप्राथमिकदेखि प्राथमिक तहसम्मका ६ पुस्तक, प्रवीणता प्रमाणपत्र तहका चार, दस जोड दुईका चार र स्नातक तहका चार पुस्तक लेख्नुभएको छ । उहाँ विभिन्न निजी शैक्षिक संस्था तथा विभिन्न साहित्यिक संस्थासँग काम गर्दै आउनुभएको छ ।