राष्ट्रिय पुस्तकालय
नेपाली विकिपीडियाबाट
पाटन नगरपालिका भित्रको हरिहर भवनमा अवस्थित पुस्तकलाय नेपालको राष्ट्रिय पुस्तकालय हो । यसेल उक्त भनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ । हाल यहाँ 34,292 वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन् ।
यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. 2013 साल पुस महिनामा भएको थियो । राजगुरू हेमराज पाण्डेका निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो । त्यतीखेर यो सिंहदरबार भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो । त्यतीखेर सिंहदरवारमा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठुलो बनाईएको थियो ।
वि.सं. 2017 सालमा यसलाई सिंहदरबारबाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. 2044 सालमा पहिलो पल्ट यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।