विशाल नेपाल
नेपाली विकिपीडियाबाट
विशाल नेपाल शब्द नेपाली राष्ट्रवादीहरुले एङ्ग्लो-नेपाल युद्ध भन्दा अघिको नेपालको भूभागलाई जनाउन प्रयोग गर्ने शब्द हो। अङ्ग्रेजसंग नेपालले गुमाएको भूमि लडेको युद्ध जसलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ हुनुभन्दा अगाडी नेपालको भुभागभित्र पर्ने पश्चिमको हालको उत्तराखण्ड राज्य, हिमाञ्चल प्रदेश राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यहरूका सतलजनदी र त्यसको पारी सम्मका भुभाग, पूर्वमा सिक्किम ,दार्जिलिङ, गुमाउनु टिष्टा नदी सम्मका भुभाग जसको क्षेत्रफल ३,३४,२५० थियो लाई पनि मीठो ऐतिहसिक स्मरणका साथ विशाल नेपाल भनेर सम्झन चहान्छन् । यो भुभाग नेपाल अङ्ग्रेज युद्धको समाप्ति भएको घोषणा गर्ने सुगौली सन्धीसङ्गै नेपालले ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकारलाई स्वामीत्व छोडी दिनु परेको थियो ।