गैडाकोट
From Wikipedia
नारायणी नदीको पुल तरेपछि सुरु हुने पश्चिमान्चल बिकास क्षेत्र, लुम्विनी अन्चल र नवलपरासी जिल्ला को सबैभन्दा पहिले आउने ठाउ गैडाकोट हो। यसलाई गैँडाकोट पनि भनिन्छ। यसमा पर्दछ शिलान्यास भन्ने ठाउँ जुन राजा महेन्द्रले पुर्व पश्चिम राजमार्गको बाटो निर्माण गर्दा सबै भन्दा विचको खण्ड भनेर शिलान्यास गरी काम सुरु गराएका थिए। यसका अलावा यहाँको मौलाकालिका देवीको मन्दिर, दिब्यधाम, देवघाटधामको पारीपट्टी पर्ने दोभान, विभिन्न वेदाश्रमहरु पर्यटकिय एवं धार्मिक हिसावले प्रख्यात स्थानहरु हुन्।
यसका साथै चीनले बनाइदिएको नेपालको सवै भन्दा ठुलो कागज कारखाना, लुम्विनी ग्याँस, नोभानिट आदी कारखानाहरु प्रमुख छन्।
भित्री मधेस पर्ने हावापानी राम्रो भएको यहाँ पानी केही वढी पर्छ भने नारायणी नदीको कारण जाडोमा हुस्सु पनि वढी लाग्छ। वढ्दो शहरीकरणले गर्दा कुनै बेला गैडा बढी आउने ठाँउ "गैडा को कोट" (कोट = घर) गैडाकोटमा अहिले विरलै गैडाहरु आउने गर्छन्।
[परिवर्तन्] यो पनि हेर्नुहोस्
- लुम्विनी
- नवलपरासी
श्रेणीहरु: Stub | गा. वि. स. | नेपाल