राजधानी
From Wikipedia
राजधानी एक शहर हो जहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रिय सरकार रहेको हुन्छ। राष्ट्रप्रमुख र अधिकारीहरू राजधानीमा काम गर्दछन्।
राजधानीहरु प्रायजसो ठूला शहरहरु हुने गर्दछन्। जस्तै मोन्टेभिडीयो उरुग्वेको सबै भन्दा ठूलो शहर हो र राजधानी पनि हो । तर सबै राजधानीहरु सबैभन्दा ठूलो शहर हुनै पर्छ भन्ने छैन । जस्तै भारतको राजधानी नयाँ दिल्ली हो तर त्यो मुम्बई भन्दा सानो छ ।
कुनै देशहरुका एक भन्दा बढी राजधानीहरु हुने गर्दछन् । जस्तै बोलिभिया जसमा दुई राजधानीहरु छन्। त्यस्तै दक्षिण अफ्रीका को ३ वटा राजधानी छन् । [[en:Nauru|नाउरु] भन्ने देशमा यौटै पनि राजधानी छैन । कुनै देशहरु आफ्नो राजधानी समय समयमा परिवर्तन गरिरहन्छन् ।