लुभ
From Wikipedia
लुभ (वा लुभ्र) पेरिसमा रहेको एक सङ्ग्रहालय हो, जसमा रहेका कला सङ्ग्रहका कारण हरेक साल दशौं लाख आगन्तुकहरू यहाँ आउछन्।
लुभमा रहेको सबैभन्दा प्रशिद्ध चित्र लियोनार्दो दा भिन्चीको मोनालिसा हो, तर त्यहाँ रेनोइर, रामब्राण्ट, रुबेन्स र टिटियन का चित्रहरू पनि छन्।
लुभ भित्र धेरै प्रतिमाहरू पनि छन्, जसमध्येका सबैभन्दा प्रशिद्ध माइलोको शुक्र र सामोथ्रेस को पङ्खे जित हुन्।
[परिवर्तन्] लुभको इतिहास
सङ्ग्राहलय भएको ठाँउमा क्यासल अफ द लुभ्र भनिने एक दुर्ग थियो। यसको निर्माण फ्रान्सका फिलिप द्वितियले गरेका हुन्। पेरिसलाई भाइकिङहरूबाट रक्षा गर्न त्यस दुर्गलाई किल्लाको रुपमा प्रयोग गरिन्थ्यो।
फ्रान्सका राजा चार्ल्स पाचौँले त्यस दुर्गलाई दरवारमा परिणत गरे। तथापि, फ्रान्सका अर्का राजा, फ्रान्सिस प्रथमले त्यसलाई ढालेर एक नयाँ दरवार निर्माण गराए।
फ्रान्सका राजा हेन्रि चौथाले लुभमा ग्रान्दे गालेरि (विशाल बरन्डा) थपे। त्यो बरन्डा एक चौथाई मिल भन्दा लामो र एक सय फिट चौडा छ। त्यसको निर्माण सेन नदी सँगै गरिएको छ। त्यो संसारकै सबैभन्दा लामो भवन थियो।
[परिवर्तन्] बाह्य लिङ्क
- तस्विर र भिडियोहरू
- La Cour du Louvre अबास्तबिक अविच्छिन्न दृश्य (QTVR सानो)
- लुभको नि:शुल्क तस्विरहरू
श्रेणीहरु: Stub | सङ्ग्रहालय | युरोप