विक्रम संवत
नेपाली विकिपीडियाबाट
विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो । यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ बर्ष ८ महिना १५ दिन अगाडी छ । यस पात्रोमा वर्षको सुरुवात बैशाखको पहिलो दिन बाट हुन्छ । नयाँ वर्षको सुरुवात सामान्यतया गृगोरियन पात्रोको एप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ ।
[परिवर्तन्] इतिहास
उज्जैन (भारत) का राजा विक्रमादित्यले स्थापना गरेको गरेका हुन् । नेपालमा यस पात्रोको प्रयोग आधिकारीक रूपमा चन्द्र शमशेरको पालादेखी सुरू भएको हो । त्यस भन्दा पहिले नेपालमा शाक संवत तथा नेपाल संवत प्रयोग हुने गर्दथ्यो । शाक संवत १८२३मा त्यस शाक संवत लाई आधिकारीक प्रयोगबाट हटाईयो र विक्रम संवतको १९५८औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो ।
[परिवर्तन्] महिनाहरू
क्र.सं. | नाम | अरु नाम | दिनहरू |
---|---|---|---|
1 | बैशाख | - | ३० / ३१ |
2 | जेठ | ज्येष्ठ | ३१ / ३२ |
3 | असार | आशाढ | ३१ / ३२ |
4 | साउन | श्रावण | ३१ / ३२ |
5 | भदौ | भाद्र | ३१ / ३२ |
6 | असोज | आश्विन | ३० / ३१ |
7 | कात्तिक | कार्तिक | २९ / ३० |
8 | मंसिर | मार्गशिर्ष, मार्ग | २९ / ३० |
9 | पुष | पौष | २९ / ३० |
10 | माघ | - | २९ / ३० |
11 | फागुन | फाल्गुन | २९ / ३० |
12 | चैत | चैत्र | ३० / ३१ |