राष्ट्रिय गान
From Wikipedia
राष्ट्रिय गान सामान्यतया देशभक्तिले भरिपूर्ण गीत हो जसले इतिहास, संस्कृती, जनताको सङ्घर्षलाई बयान गर्छ र त्यस देशको सरकारले आधिकारिक मान्यता दिएर अथवा जनमानसवीचको चलनचल्तिले प्रमुख राष्ट्रिय गीतको रूप लिएको हुन्छ।
यो लेख नेपालको राष्ट्रिय गानको बारेमा हो जसको स्थिति हाल अस्पष्ट छ। सन् २००६ मे १९ को प्रतिनिधि सभा घोषणाले त्यतिखेरको राष्ट्रिय गान "श्री मान् गम्भिर" लाई निलम्वन गरेको थियो र हालसम्म नयाँ गानको आधिकारिक निर्णय भइसकेको छैन।
विषयसूची |
[परिवर्तन्] नयाँ राष्ट्रिय गान (प्रस्तावित)
राष्ट्रिय गान छनौट गर्न गठित १४ सदस्यीय कार्यदलले १२ सय ९२ जनाको रचना मध्ये ब्याकुल माइलाको (प्रदिपकुमार राई, ३४) गीतलाई सर्वोत्कृष्ट मानेर प्रस्ताव गरेको छ।
[परिवर्तन्] शब्द
- सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
- सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
- प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
- वीरहरुका रगतले, स्वतन्त्र र अटल
- ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
- अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
- बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
- अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
[परिवर्तन्] अंग्रेजीमा लिपि रुपान्तरण (transliteration)
(Note: The transliteration is not proper. Please fix this, if you can)
- Saiyaun thunga phoolka hami eutai mala Nepali
- Saarwabhoum bhai phailiyeka Mechi Mahakali
- Prakritika koti koti sampadako aanchal,
- Birharuka ragatale swatantra ra atal
- Gyanabhumi shantibhumi terai pahad himal
- Akhanda yo pyaro hamro matribhumi Nepal
- Bahul jati bhasha dharma sanskriti chhan bishal
- Agragami rastra hamro jaya jaya Nepal
[परिवर्तन्] अंग्रेजी अनुवाद
- We are hundreds of flowers, the one garland - Nepali
- Sovereign, spread out from Mechi to Mahakali.
- Amassing nature's millions of heritage
- By the blood of the braves, independent and immovable.
- Land of knowledge, land of peace Terai, hills, mountains
- Undivided this beloved, our motherland Nepal.
- Diverse race, language, religion, culture are so large
- Our progressive nation, long live long live Nepal.
[परिवर्तन्] पुरानो राष्ट्रिय गान (निलम्बित)
सन् १९६२ देखि अपनाइएको "राष्ट्रिय गान" नेपालको राजा र राष्ट्रको निम्ति समर्पित छ। यसको संगीत सन् १८९९ मा भक्त बहादुर बुढापिर्थीले रचना गर्नुभएको थियो। यसको शब्द रचना श्री चक्रपाणि चालिसेले सन् १९२४ मा गर्नु भएको थियो।
[परिवर्तन्] शब्द
- श्रीमान् गम्भीर नेपाली
- प्रचण्ड प्रतापी भूपति
- श्री ५ सरकार महाराजाधिराजको
- सदा रहोस् उन्नति
- राखुन् चिरायु ईशले
- प्रजा फैलियोस्
- पुकारौ जय प्रेमले
- हामी नेपाली साराले
[परिवर्तन्] अंग्रेजीमा लिपि रुपान्तरण
- shrîmân gambhîra nepâlî
- prachanda pratâpi bhûpati
- shrî pânch sarkâr mahârâjâdhirâjako
- sadâ rahos unnati
- rakhun chirâyu îshale
- prajâ phailiyos
- pukâraun jaya premale
- hâmî nepâlî sârâle.
[परिवर्तन्] अंग्रेजी अनुवाद
- May glory crown you, courageous Sovereign,
- You, the gallant Nepalese,
- Shri Panch Maharajadhiraja, our glorious ruler,
- May he live for many years to come
- And may the number of his subjects increase.
- Let every Nepalese sing this with joy.