नेपालगञ्ज नगरपालिका
नेपाली विकिपीडियाबाट
नेपालगञ्ज नगरपालिका | |
[[Image:{{{तस्वीर}}}|335px|]] | |
स्थापना : | - |
---|---|
अञ्चल: | भेरी अञ्चल |
जिल्ला: | बाँके जिल्ला |
क्षेत्रफल: | - बर्ग कि.मी. |
जनसंख्या: | - |
वडा संख्या: | - |
भौगोलिक अवस्थिति: | तराई प्रदेश |
मेयर: | ?? |
टेलिफोन कोड: | -- |
वेबसाईट: | - |
नेपालका नगरपालिकाहरू | |
---|---|
पूर्वाञ्चल | |
मेची: इलाम, भद्रपुर, मेचीनगर, दमक | |
कोशी: बिराटनगर, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी | |
सगरमाथा: राजविराज, लहान, त्रियुगा | |
मध्यमाञ्चल | |
जनकपुर: जनकपुर, जलेश्वर, कमलामाई दोलखा भीमेश्वर | |
बागमती: काठमाण्डौ, पाटन, भक्तपुर, कीर्तिपुर, | |
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, वीरगञ्ज, गौर, कलैया | |
पश्चिमाञ्चल | |
गण्डकी: पोखरा, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ | |
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन | |
धवलागिरी: कालिका | |
मध्यपश्चिमाञ्चल | |
राप्ती: त्रिभुवननगर तुल्सीपुर, | |
कर्णाली: - | |
भेरी: नेपालगञ्ज, वीरेन्द्रनगर,नारायण | |
सुदुरपश्चिमाञ्चल | |
सेती: धनगढी, टिकापुर, दिपायल सिलगढी | |
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द | |
नेपालगञ्ज मध्य-पश्चिमाञ्चल विकासक्षेत्रको भेरी अञ्चलको बाँके जिल्लामा पर्ने नेपालको एक प्रमुख सहर हो। भारतको रुपेडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको ब्यापार सम्बन्धका कारणले पनि महत्वपुर्ण छ।
यो सहर पुर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा बिरेन्द चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका ब्यापारिक केन्द्र हो।
नेपालको पश्चिमी भेगको लागि यो सहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्वपुर्ण केन्द्र हो। यहाँ नेपाल राष्ट्र बैङ्क लगायत थुप्रै बाणिज्य र बिकाश बैङ्कहरूका शाखा छन्।
यो सहर समुद्री सतह भन्दा १५० मिटर माथी रहेको छ। यो सहर नेपालका सबैभन्दा धेरै गर्मी हुने सहरहरू मध्येको एक हो। गर्मी मौसममा यहाँको वायुको तापक्रम ४२ डिग्रि सेल्सियस सम्म पुग्दछ।
[परिवर्तन्] संस्कृति
यो सहर संस्कृतिक र धार्मिक दृस्टिकोणले निक्कै नै विभिधतापुर्ण छ। यहाँका बासिन्दाहरू हिन्दू, मुसलमान, बौद्ध लगायत अरू थुप्रै धर्ममा आस्था राख्दछन्। त्यस्तै, यहाँका बासिन्दाहरू विभिन्न सम्प्रदाय, जात-जाती र मूलका छन्। यो सहर नेपालको शान्तिपुर्ण बहूसांस्कृतिक सहर हो र यहाँका मानिसहरू एकआपसमा निक्कै सौहार्दपूर्ण वातावरणमा बस्दछन्।
तर ६३ सालमा मधेसी र पहाडियाहरू बिच दङ्गा भड्किँदा एकको मृत्यु र दर्जनौ धाईते भए। यस घटनाले पहिलोपटक नेपालगँञ्जका बिभिन्न जात-जाती बिच शान्ति कायम छ भन्ने धारणालाई गलत बनाईदियो।
सहरको मध्यभाग नजिक रहेको बागेश्वरी मन्दिर निक्कै प्रशिद्ध हिन्दू स्मारक हो। यस मन्दिर प्राङ्गण नजिकै रहेको पोखरिको बिचमा जुङ्गे महादेवको मुर्ती रहेको छ। यस मुर्तीमा महादेवको जुङ्गा छ, जुन अनौठो कुरा हो।
[परिवर्तन्] तस्विर सङ्ग्रह
[परिवर्तन्] यो पनि हेर्नुहोस्
- नेपालको क्षेत्रिय बर्गिकरण
- नेपालका सहरहरू