Web Analytics


https://www.amazon.it/dp/B0CT9YL557

We support WINRAR [What is this] - [Download .exe file(s) for Windows]

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
SITEMAP
Audiobooks by Valerio Di Stefano: Single Download - Complete Download [TAR] [WIM] [ZIP] [RAR] - Alphabetical Download  [TAR] [WIM] [ZIP] [RAR] - Download Instructions

Make a donation: IBAN: IT36M0708677020000000008016 - BIC/SWIFT:  ICRAITRRU60 - VALERIO DI STEFANO or
Privacy Policy Cookie Policy Terms and Conditions
ललितपुर - Wikipedia

ललितपुर

नेपाली विकिपीडियाबाट

नेपालको राजनैतिक विभाजन
पूर्वाञ्चल
मेची: झापा इलाम पाँचथर ताप्लेजुङ
कोशी : मोरङ सुनसरी धनकुटा तेरथुम भोजपुर सङ्खुवासभा
सगरमाथा : सप्तरी सिराहा उदयपुर खोटाङ ओखलढुंगा सोलुखुम्बु
मध्यमाञ्चल
जनकपुर : धनुषा महोत्तरी सर्लाही सिन्धुली रामेछाप दोलखा
बागमती : काठमाण्डौ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक
धादिङ नुवाकोट सिन्धुपाल्चोक रसुवा
नारायणी : रौतहट बारा पर्सा मकवानपुर चितवन
पश्चिमाञ्चल
गण्डकी : गोर्खा तनहुँ स्याङ्जा लमजुङ कास्की मनाङ
लुम्बिनी : नवलपरासी रुपन्देही कपिलबस्तु पाल्पा अर्गाखाँची गुल्मी
धवलगिरी : पर्वत वाग्लुङ म्याग्दि मुस्ताङ
मध्यपश्चिमाञ्चल
राप्ती : दाङप्युठानरोल्पासल्यानरुकुम
कर्णाली : डोल्पाजुम्लाकालिकोटमुगूहुम्ला
भेरी : बाँकेबर्दियासुर्खेतदैलेखजाजरकोट
सुदुरपश्चिमाञ्चल
सेती : कैलालीडोटीअछामबाजुराबझाङ
महाकाली : कञ्चनपुरडडेलधुराबैतडीदार्चुला
 हे     

विषयसूची

[परिवर्तन्] परिचय

नेपालको मानचित्रमा ७५ जिल्लाहरु मध्ये ललितपुर जिल्लाले आफ्नो गौरवमय प्रतिष्ठालाई परिचित गराएको छ । नेपाल अधिराज्यको मध्यमाञ्चल बिकासक्षेत्र अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लाहरु मध्ये यस ललितपुर जिल्ला ऐतिहासिक तथा पुरतत्त्विक रुपले सम्पन्न जिल्ला हो । धार्मिक रुपले पनि प्रसिद्ध कृष्णमन्दिर, अशोक स्तम्भ, महाबौद्ध, पाटन दरबार स्क्वायर क्षेत्र लगायत विभिन्न मठ, मन्दिर, पाटि-पौवा र स्तम्भहरु पनि यस जिल्लामा रहेको हुनाले विश्वमा नै ललितपुर जिल्ला प्रख्यात रहेको छ । यस जिल्लाको भौगोलिक बनावट, हावापानी, वन-जङ्गलको विविधता, नदी-नाला र ताल, विभिन्न जनजातिहरुको रहन-सहन, भेष-भुषा आदिको विविधता रही यस जिल्लाले आफ्नै ऐतिहासिक महत्त्व बोकेको छ ।

[परिवर्तन्] जनसंख्या

२०५८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या ३,३७,७८५ मध्ये १,६५,३३० (४८.९५%) महिला र १,७२,४५५ (५१.०५%) पुरुष रहेका छन् । विगत १० वर्षको अन्तरालमा जनसंख्या ८०,६९९ जनाले व्रीद्धी भएको छ । यस जिल्लाको वार्षिक जनसंख्या व्रिद्धिदर २.७३% रहेको छ भने लैङ्गिक अनुपात १०४.३१ रहेको छ । यस जिल्लाको जनघनत्व ८५९.८५ वर्ग कि.मी. रहेको छ । यहाँको घरधुरी संख्या ६८,९२२ रहेको छ भने औसत परिवार संख्या ४.९० रहेको छ । यहाँको जनसंख्या नेपालको जनसंख्याको १.४६% रहेको छ । साथै यहाँको शहरी जनसंख्या १,६२,९९१ छ भने ४१ वटा गा.वि.स. हरुको जनसंख्या १,७३,६३६ रहेको छ ।

[परिवर्तन्] इतिहास

काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरहरु मध्ये ललितपुर सवभन्दा पुरानो शहर मानिन्छ । यस शहरलाई प्राचीन कालदेखि हालसम्म समय अनुसार विभिन्न नामले चिनिदै आएको छ । जस्तै यल, युपग्राम, ललितपत्तन, ललितपुरी, मानिङ्गल, पाटन आदी । साहित्यिक श्रोत र जनश्रुतिअनुसार ललितपुर शहर किरातकालमा नै स्थापना भैसकेको थियो । उक्त जनश्रुति अनुसार ललितपुरको अर्को नाम "यल" पहिलो किराती राजा यलम्वरको नामबाट राखिएको हो । जनश्रुति तथा यहाँको रीतिरिवाज पनि ललितपुर शहर र किराँतहरुको प्राचीन सम्वन्ध देखाउन सहयोग गर्दछ । क्वालखु स्थित पट्को डोँ (किरात दरवार -), ८०० किराती मारिएको ठाँउ भनि चिनिने च्यासल, हालसम्म पनि किरातिहरु वर्षको एकपटक आई पूजा गर्नु पर्ने त्यागल स्थित सिद्धिलक्ष्मी मन्दिरको परिसरमा रहेका देवताहरु, तिखिदेवल स्थित शिवजीको मन्दिर आदिले किराँत र ललितपुरको प्राचीन सम्वन्ध थियो भन्ने प्रष्ट हुन्छ ।

यस शहरको प्राचीनताको बारेमा प्रमाणित रुपमा प्रकाश पार्ने पुरातात्विक श्रोतहरुको अभाव छ । तर केही वंशावलीहरुले भारतका मौर्य सम्राट अशोकर् इ.पू. २५० तिर काठमाडौं उपत्यकाको भ्रमण गरेको र उनले ललितपुरको चारकुना चार र विचमा एक समेत गरेर पाँच स्तूपको स्थापना गरेको कुरा उल्लेख गरेका छन । हालसम्म पनि ललितपुर चारदिशामा चारवटा प्राचीन स्तुपहरु रहेका छन । जुन अशोक स्तुपको नामले प्रख्यात छ ।

ललितपुर क्षेत्रमा प्राचीन समयदेखि नै बस्ती बसिसकेको र एउटा केन्द्रको रुपमा विकास भैसकेको कुरामा दुइमत छैन । लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले चिनिन्थ्यो । यहाँ पूर्व दिशामा दीपावती नगर (गईट) दक्षिण दिशामा मतीनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरि (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्य भागमा स्वस्तिक आकारको मंगलबजार रहेको बर्णन पाइन्छ । त्यस्तैगरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ । लिच्छवी कालका पुरातात्विक श्रोतहरु अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रसस्तै मात्रामा प्राप्त भएबाट लिच्छविकालमा ललितपुर पूर्ण रुपमा विकास भै सकेको बुझिन्छ । यहाँ रहेका २४ वटाभन्दा बढी लिच्छविकालिन शिलालेख, पहिलो शताव्दीको च्यासलको गजलक्ष्मी, हौगलको हारती, बगलामुखिको मातृकाहरुको मूर्ति, सिकुबहीको उमामहेश्वर, चण्डेश्वरी मन्दिर अगाडीको उमामहेश्वरको मूर्ति, खपिँछे भैरब मन्दिरको परिसरमा रहेको शिलालेख सहितको जलद्रोणी, अभिलेख सहितको ढुङ्गेधारा आदि प्राप्त भएबाट लिच्छविकालको युपग्रामको बनौट कला कौशल केही विकास हुन्दै आएको बुझिन्छ । हालसम्म यस ललितपुर उप-महानगरपालिका क्षेत्रमा २४ वटा लिच्छविकालका शिलापत्रहरु पाइएका छन । आजसम्म प्राप्त शिलालेखहरु मध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११ को अभिलेखलाई पनि लिन सकिन्छ ।

त्यस्तैगरी पाटन बाहालुखाको सम्वत ४३५ को दण्डनायक र र्सवदण्डनायकको उल्लेख परेको छ भने सम्वत् ६७ को नरेन्द्रदेवको अभिलेखमा युपग्राम, भट्ट र माप्चोक अधिकरणको अधिकार हर्टाईएको ब्यहोरा परेको छ । यहि लिच्छविकालको युपग्राम नै पछि गएर पाटन तथा ललितपुर भन्न थालियो । यल, पाटन, ललितपटन, ललितापुरी, ललितपुर, मनिङ्गल आदि नामले प्रख्यात यस नगर मल्लकालमा छुट्टै राज्यको रुपमा रहेको थियो । मध्यकालको बौद्ध धर्मसंस्कृतिको केन्द्रको रुपमा विकास हुनुको साथै कलासंस्कृतिको दृष्टिबाट महत्वपूर्ण केन्द्रको रुपमा रहिरह्यो । यसैले आज यस नगरलाई City of fine Arts को नामले चिनिन सफल भएको हो । ललितपुर नगरका भौतिक सम्पदाको प्राचिनता बारे धेरै अगाडिसम्म पुग्नसक्ने प्रमाणहरु नपाइएता पनि मल्लकालको पूवार्धमा बनेका सम्पदाहरु हालसम्म पनि जीवित नै रहेका छन् । बंशावली तथा अन्य केही स्रोतहरुले वरदेवको हजुरबाबुले -राज प्रसाद) दरबार बनाइएको, सन् ११७६ रुद्र देवले पाटन दरबारको एक चोक निर्माण गरेको उल्लेखहरु पाइएको छ।

[परिवर्तन्] भूगोल

ललितपुरको नक्शा
ललितपुरको नक्शा

भौगोलिक स्थिति

नेपालको मानचित्रमा ललितपुर जिल्लाको फैलावट २७ डिग्रि २२ मिनेट देखि २८ डिग्रि ५० मिनेट उत्तरी अक्षांश र ८५ डिग्रि १४ मिनेट देखि ८५ डिग्रि २६ मिनेट पुर्वी देशान्तरसम्म रहेको छ । यस जिल्ला समुद्री सतह देखी ४५७ मिटर उचाई देखी २८३१ मिटरसम्म रहेको छ । यस जिल्लाले नेपालको करिब ०.२६६% भु-भाग ओगटेको छ । यस जिल्लाको भु-धरातल मध्ये करिब एक तिहाई भाग उपत्यका भित्र र दुई तिहाई पहाड तथा दुर्गम क्षेत्रमा पर्दछ । यस जिल्लाका दुर्गम स्थानहरुमा ठुलादुर्लुङ, कालेश्वर, प्युटार, माल्टा, आश्राङ, गिम्दी, चन्दनपुर आदी पर्दछन् ।

भौगोलिक सिमाना

ललितपुर जिल्लाको पुर्वमा काभ्रेपलान्चोक, पश्चिममा काठमाडौं, उत्तरमा भक्तपुर र दक्षिणमा मकवानपुर जिल्लाहरुसँग सिमाना जोडीएको छ । यस जिल्लाको क्षेत्रफल ३९२.८४ वर्ग कि. मी. रहेको छ ।

भू-उपयोग

यस जिल्लाको कुल क्षेत्रफल ३९२.८४ वर्ग कि. मी. मध्ये भू-उपयोगको दृष्‍टिकोणमा कृषियोग्य क्षेत्रफल १४७.६२ वर्ग कि. मी., वनजङ्गलले ढाकिएको भू-भाग १९७.९७ वर्ग कि. मी. र बाँकी भाग चरन, झाडी तथा घाँसले ढाकिएको छ । यस जिल्लाको खाध्यान्न बालीहरुमा धान, मकै, गहुँ, कोदो, फापर, जौ, भटमास, केराउ, आलु र फल-फुल बालीमा स्याउ, ओखर, नास्पती, सुन्तला, केरा, कागती, कफी आदिको खेती गरिन्छ । यहाँको वनजङ्गलमा साल, सिसौ, उत्तिस, चिलाउने, कपुर, काइँयो, पैयुँ, कटुस, बाँस, निगालो आदी वनस्पती पाईन्छन् । यहाँको जङ्गलमा बाघ, भालु, बनेल, मृग, हरिण, चितुवा जस्ता जनावर लगायत नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर (Spiny Babblar), कालिज, तित्रा, भद्राई, बट्टाई, ढुकुर जस्ता पंक्षीहरु रहेका छन् ।

जलवायू

यस जिल्लाको औसत अधिकतम तापक्रम २३.६ डिग्री सेल्सियस छ भने न्युनतम तापक्रम १०.७ डिग्री सेल्सियस रहेको छ । यस जिल्लाको वार्षिक वर्षा सरदर १२३२.६ मि.मी. रहेको छ । यस जिल्लाको हावापानी समशितोष्ण किसिमको रहेको तथा औसत सापेक्षिक आद्रता ५० देखी ८० प्रतिशतसम्म रहेको छ ।

ललितपुर जिल्लाको प्रशासनिक व्यवस्था

[परिवर्तन्] राजनिति

[परिवर्तन्] धर्म

[परिवर्तन्] जीवनशैली

[परिवर्तन्] अन्य सम्बन्धित विषयहरु

स्रोतः

  • पार्श्व चित्र (जिल्ला विकास समिति, ललितपुर)
  • ललितपुर उप-महानगरपालिकाको वेभसाइट
  • इन्टरनेट तथा विभिन्न पत्र-पत्रिकाहरु

[परिवर्तन्] बाहिरी लिङ्कहरु

[परिवर्तन्] यो पनि हेर्नुहोस्

नेपालको क्षेत्रिय बर्गिकरण | माल्टा | दक्षीण ललितपुरका मन्दिरहरु

Static Wikipedia 2008 (no images)

aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -

Static Wikipedia 2007 (no images)

aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -

Static Wikipedia 2006 (no images)

aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -

Sub-domains

CDRoms - Magnatune - Librivox - Liber Liber - Encyclopaedia Britannica - Project Gutenberg - Wikipedia 2008 - Wikipedia 2007 - Wikipedia 2006 -

Other Domains

https://www.classicistranieri.it - https://www.ebooksgratis.com - https://www.gutenbergaustralia.com - https://www.englishwikipedia.com - https://www.wikipediazim.com - https://www.wikisourcezim.com - https://www.projectgutenberg.net - https://www.projectgutenberg.es - https://www.radioascolto.com - https://www.debitoformtivo.it - https://www.wikipediaforschools.org - https://www.projectgutenbergzim.com