अफ्रिका
From Wikipedia
[परिवर्तन्] अफ्रीका
अफ्रिका एक महादेश हो। यसको अवस्था यस्तो छ:
- उत्तरमा युरोप छ, जसलाई भूमध्य सागरले छुट्याउँछ;
- पूर्वमा एशिया छ, जसलाई स्वेज कनाल र रातो सागरले छुट्याउँछ;
- पूर्वमा अस्ट्रेलियाछ , जसलाई हिन्द महासागरले छुट्याउँछ; र
- पश्चिममा अमेरिकी महादेशहरू छन्, जसलाई एटलान्टिक महासागरले छुट्याउँछ।
[परिवर्तन्] सामान्य तथ्यहरू
अफ्रिकामा मानबको उत्पत्ति भएको मानिन्छ।
अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ।
अफ्रिकाको कूल भूभागको ९०% जति जमिन जंगल, मरुभूमि र निर्जन जमिनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमिनको माटो मात्र खेतियोग्य छ।
[परिवर्तन्] जनावरहरू
अफ्रिका बन्यजीवनले भरिपुर्ण छ। यहाँ थुप्रै प्रजातिहरू छन्, जस्तै हात्ति, सिहँ, सर्प र जिराफ। अफ्रिकी ताल र नदीहरूमा २००० भन्दा बढी प्रकारका माछाहरू बस्दछन्।
संसारका महादेशहरू |
एशिया | अफ्रिका | उत्तर अमेरिका | मध्य अमेरिका | दक्षिण अमेरिका | अन्टार्कटिका | युरोप | युरेशिया | युराफ्रिशिया | अस्ट्रेलिया |
(प्रशान्त टापुहरू, जसलाई ओसेनिया पनि भनिन्छ, कुनै पनि महादेशमा पर्दैनन्, तर कहिले काँही अष्ट्रेलिया महादेशमै समाहित गरिन्छ। |