महादेश
From Wikipedia
महादेश आपसमा जोडिएको पृथ्वीको ठूलो भूभाग हो। एक महादेशमा थुप्रै साना-ठूला देशहरू हुन्छन्। संसारमा कतिवटा महादेश छ भन्ने कुरामा सबैको एकैमत भने छैन। सामान्यतया सातवटा महादेश छ भनिन्छ। ति हुन् (वर्णानुक्रममा):
- अन्टार्टिका
- अफ्रिका
- उत्तर अमेरिका
- एशिया
- ओसेनिया (जसलाई धेरैजसो अस्ट्रेलिया मात्र भनिन्छ)
- दक्षिण अमेरिका
- युरोप
कोही उत्तर अमेरिका र दक्षिण अमेरिका एकै महादेश हो भन्ने मान्यता राख्दछन्। कोही भने युरोप र एशिया अलग महादेश नभईकन युरेशिया भनिने महादेशका दूई भाग हुन् भन्दछन्। कोही त अझ युरेशिया र अफ्रिका पनि अलग नभएर युरेफ्रेशिया भनिने एक महादेश हो भन्दछन्।
[परिवर्तन्] यो पनि हेर्नुहोस्
- महादेश अनुसार देशहरूको सूचि
संसारका महादेशहरू |
एशिया | अफ्रिका | उत्तर अमेरिका | मध्य अमेरिका | दक्षिण अमेरिका | अन्टार्कटिका | युरोप | युरेशिया | युराफ्रिशिया | अस्ट्रेलिया |
(प्रशान्त टापुहरू, जसलाई ओसेनिया पनि भनिन्छ, कुनै पनि महादेशमा पर्दैनन्, तर कहिले काँही अष्ट्रेलिया महादेशमै समाहित गरिन्छ। |