महाभारत
From Wikipedia
महाभारत हिन्दूहरूको को एक प्रमुख काव्य ग्रंथ हो, जसलाई स्मृति वर्गको ग्रन्थ मानिन्छ। कहिलेकाहीं भारत भनिने यस ग्रन्थ भारतीय सँस्कृतीको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रंथ हो। हिन्दू धर्म को मुख्यतम ग्रंथहरूमध्ये यो पनि एक हो। यो विश्वको सबभन्दा ठूलो साहित्यिक ग्रंथ हो। हुनत यसलाई साहित्यको सबैभन्दा अनुपम कॄतिहरु मध्येको एक मानिन्छ तरपनि आज पनि हाम्रो लागि यो एक अनुकरणीय स्त्रोत हो। यो कॄति हिन्दुहरुको इतिहास को एक गाथा हो। पूरै महाभारत मा एक लाख श्लोकहरू छन् जुन बाइबल भन्दा चार गुणा बढी र इलियड को ओडिसी भन्दा सात गुणा बढी छ । यसमा भगवद्गीता सन्निहित छ।
विषयसूची |
[परिवर्तन्] परिचय
महाभारतको विशालता र दार्शनिक गूढता पुरै हिन्दू धर्म र वैदिक परम्पराको पनि सार हो। महाभारत को विशालताको अन्दाज यसको प्रथम पर्वमा उल्लेखित एक श्लोक बाटै लगाउन सकिन्छ: "जुन (कुरा) यहाँ (महाभारतमा) छ, त्यो तपाँईले संसारमा कहीँ न कहीँ अवश्य भेट्नुहुनेछ, जुन (कुरा) यहाँ छैन त्यो तपाँईले संसारमा अन्यत्र कहीँ पनि भेट्नुहुने छैन।"
महाभारत खालि राजा-रानी, राजकुमार-राजकुमारी, मुनिहरु र साधुहरुको कथा मात्र नभएर धेरै नै व्यापक र विशाल ग्रन्थ हो। यसका लेखक व्यासले भनेका छन् कि महाभारत धर्म, अर्थ, काम, र मोक्ष को कथा हो। कथाको निष्पत्ति मोक्षःमा गएर हुन्छ जुन हिन्दुहरुको मानव जीवनको परम लक्ष्य मानिन्छ।
[परिवर्तन्] पृष्ठभूमि र इतिहास
महाभारत को प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि वेद व्यास (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन) द्वारा बोलेर, भगवान गणेशद्वारा लेखाइएको हो। व्यासले यो ग्रन्थ आफैले लेख्दा धेरै समय लाग्ने तथा आफ्नो जीवनमा पूर्ण गर्न पनि नसकिने जस्तो देखिए पछि भगवान गणेश, जो छिटो लेख्नको लागि प्रख्यात छन्, को सामुन्ने यो प्रस्ताव राखे। गणेश तत्काल तैयार भए तर आफू रोकी-रोकी लेख्न नसक्ने हुनाले एक शर्त राखे कि व्यासले कथा भन्दाखेरिको समयमा एकछिन पनि आराम गर्नको लागि रोकिन पाउने छैनन्। व्यासले पनि यो शर्तलाइ स्वीकार गरे तर उनले पनि भगवान गणेशसंग एउटा शर्त राखे कि उनले व्यासले बोलेका वाक्यहरुलाई राम्ररी बुझेर मात्र लेख्नेछन्। व्यासले सोच्नको लागि समय निकाल्न गाह्रो-गाह्रो शब्दहरु प्रयोग गरे जसलाई बुझ्न गणेशलाई समय लाग्दथ्यो। यसले गर्दा लेखाउने समयमा व्यासलाई पनि केहि सोच्ने समय मिल्ने भयो। यो कथा जनमानसमा प्रचलित एक कथासँग पनि मेल खान्छ जसमा गणेश जी यौटा दाँत कसरी भाँचियो भन्ने सोचाईमा मग्न हुनु भएको छ (गणेश जी को पारंपरिक छवि)। भनिन्छ कि महाभारत लेख्ने क्रममा हतारमा लेख्न बाधा नआउस भनेर एक पल्ट कलम उनको हातबाट छुटयो र उनले आफ्नो यौटा दाँतै भाँचे।
यस महाकाव्यको शुरुवात एउटा सानो रचना जय बाट भएको थियो भन्ने मान्यता छ। हुन त यसको रचनाको कुनै निश्चित तिथि थाहा छैन तर यसलाइ सामान्यतया वैदिक युगमा लगभग १४०० ईसा पूर्वको समयको मानिन्छ। विद्वानहरुले यसको तिथि निर्धारित गर्नका लागी यसमां वर्णित सूर्य ग्रहण र चंद्र ग्रहणहरुको बारेमा अध्ययन गरेका छन् र यसलाइ ३१औं शताब्दी इसा पूर्वको मान्दछन्, तर मतभेद भने अझै पनि जारी छ।
यस काव्यमा बौद्ध धर्मको वर्णन छैन, तर जैन धर्मको वर्णन भने छ, अतः यो काव्य गौतम बुद्धको काल भन्दा पहिले अवश्य पूरा भएको थियो।[1]
शल्य, जो महाभारतमा कौरवहरुको तर्फबाट लडेका थिए, उनलाई रामायणमा वर्णित लव र कुश पछिको ५०औं पुस्ताको मानिन्छ। यसै आधारमा केहि विद्वानहरु महाभारतको समय रामायण भन्दा १००० वर्ष पछिको मान्दछन्। तिथिहरु चाहे जे सुकै भएपनि यहि काव्यहरुको आधारमा वैदिक धर्मको आधार टिकेको छ जो पछि हिन्दू धर्मको आधुनिक आधार बनेको छ।
आर्यभटका अनुसार महाभारत युद्ध ३१३७ ई.पू. मा भएको थियो। यस युद्धको ३५ वर्ष पश्चात कृष्णको निधनसँगै कलियुगको आरम्भ भयो।
धेरैजसो अन्य भारतीय साहित्यहरु जस्तै यो महाकाव्य पनि पहिले वाचिक परम्पराद्वारा हामी सम्म पुस्तौं-पुस्ता पछि पुगेको छ। छापाको विकास भन्दा पहिले नै यसका धेरै क्षत्रिय (भौगोलिक) संस्करण पनि निस्किए जसमा धेरै यस्ता घटनाहरु छन् जो मूल कथामा देखिदैन वा कुनै अन्य रुपमा देखिन्छ।
[परिवर्तन्] महाभारत: काव्य
यस महाकाव्यको मुख्य कथा हस्तिनापुरको गद्दीको लागि दुई वंशका वंशजहरु कौरव र पाण्डवको बीचको आपसी संघर्ष हो। हस्तिनापुर र त्यसको आस-पासको ठाउँ आजको गंगा भन्दा उत्तर यमुनाको आस-पास दोआबको क्षेत्र मानिन्छ। यो ठाउँमा आजकालको दिल्ली पनि स्थित छ। यी भाइहरुको बीच को लडाई आजको हरियाणास्थित कुरुक्षेत्रको नजिक भएको मानिएको छ जसमा पाण्डव विजयी भएका थिए। महाभारतको समाप्ति भगवान श्रीकृष्णको मृत्यु र यदु-वंशको समाप्ति तथा पाण्डवहरुको स्वर्ग गमनसंगै हुन्छ। पाण्डवको यो यात्राले मोक्ष प्राप्ति दर्शाउछ जो हिन्दुहरुको जीवनको सबभन्दा प्रमुख लक्ष्य मानिन्छ। यस घटनालाई कलि-युगको आरम्भको संकेत पनि मानिएको छ किनभने महाभारतको अठारौं दिनको लडाईमा सत्यको सत्ता भंग भएको थियो। कलि-युग हिन्दुहरुको अनुसार सबभन्दा अधर्मी युग हो जसमा हरेक किसिमको मूल्यहरुको क्षरण हुन्छ र अंत मा कल्कि नामक विष्णुको अवतारले यी सबैबाट हाम्रो रक्षा गर्नेछन्। हिन्दू इतिहासको सबभन्दा प्रमुख स्तम्भहरुका यस लडाईमा अनैतिकता (कौरवहरु)को साथ दिनु यिनका एक कारण मानिन्छ।
[परिवर्तन्] कथा
महाभारतको कथा मा एक साथ धेरै कथाहरु गुंफित छ, जसमध्ये केही प्रमुख कथाहरु निम्नलिखित छन्:-
- कर्णको कथा: एक प्रमुख कथा कर्णको कथा हो। यो कथाले कर्ण जस्ता महा योद्धा आफ्नो गुरुसँग आफ्नो पहिचान लुकाएका हुनाले कसरी शक्ति गौण भए भन्ने कुरा देखाउंछ।
- भीष्मको कथा: भीष्मले आफ्नो राजपाठ आफ्नो पिताको कारणले त्यागी दिएका थिए। उनको पिताले एक माझीकी कन्यासंग विवाह गरेका थिए। भीष्मले आजीवन कौमार्यको प्रतिज्ञा लिएका थिए र उनलाई ईच्छा मृत्युको वरदान प्राप्त भएको थियो।
- भीमसेनको कथा: जो पाँच पांडवहरु मध्ये एक थिए। उनको बल र स्वामिभक्तिको कारण ज्यानहरु जाने गर्दथे।
- युधिष्ठिरको कथा: युधिष्ठिर पाँच पाण्डवहरुमा सबैभन्दा जेठा थिए। उनलाई धर्मराजको नामले चिनिन्छ। उनले जीवनमा एक पटक बाहेक कहिले पनि झूठोको सहारा लिएनन् भन्ने कुरा महाभारतमा लेखिएको छ। महाभारत भरी कसरी एक झूठोको कारणले उनले परिणाम भोगेका छन्।
[परिवर्तन्] संरचना
- आदिपर्व - परिचय, राजकुमारहरुको जन्म र लालन-पालन
- सभापर्व - दरबारको झलक, द्युत क्रीडा, र पाण्डवहरुको वनवास; माया दानवद्वारा इन्द्रप्रस्थमा महलको निर्माण
- अरयण्कपर्व (अरण्यपर्व) - जंगलहरुमा १२ वर्षको जीवन
- विराटपर्व - राजा विराटको राज्यमा अज्ञातवास
- उद्योगपर्व- युद्ध को तैयारी
- भीष्मपर्व - महाभारत युद्धको पहिलो भाग, भीष्म कौरवहरुको सेनापतिको रूपमा (यही पर्वमा भगवद्गीता सम्मिलित छ)
- द्रोणपर्व - युद्ध जारी, द्रोण सेनापति
- कर्णपर्व - युद्ध जारी, कर्ण सेनापति
- शल्यपर्व - युद्धको अन्तिम भाग, शल्य सेनापति
- सौप्तिकपर्व - अश्वत्थामा र बचेका कौरवहरुद्वारा पाण्डव सेनाको सुतेकाहरुको वध
- स्त्रीपर्व - गान्धारी र अन्य स्त्रीहरुद्वारा मृत मानिसहरुको लागि शोक
- शान्तिपर्व - युधिष्ठिरको राज्याभिषेक र भीष्मको दिशा-निर्देश
- अनुशासनपर्व - भीष्मको अन्तिम उपदेश
- अश्वमेधिकापर्व - युधिष्ठिरद्वारा अश्वमेधको आयोजना
- आश्रम्वासिकापर्व - धृतराष्ट्र, गान्धारी र कुन्तीको वनमा आश्रमको लागि प्रस्थान
- मौसुलपर्व - यादवहरुको आपसी लडाँई
- महाप्रस्थानिकपर्व - युधिष्ठिर र उनको भाइहरुको सदगतिको प्रथम भाग
- स्वर्गारोहणपर्व - पाण्डवहरुको स्वर्ग यात्रा
यो बाहेक १६,३७५ श्लोकहरुको एक उपसंहार पनि पछि महाभारतमा जोडिएको थियो जसलाई हरिवंशपर्व भनिन्छ। यस अध्यायमा खास गरेर भगवान श्रीकृष्णको बारेमा वर्णन छ।
महाभारतमा धेरै भाग छन् जुन प्राय आफैमा एक अलग र पूर्ण पुस्तक मानिन्छ। मुख्य रूपमा यी भागहरुको अलग महत्व दिइएको छ:-
- श्रीमदभागवत गीता श्रीकृष्णद्वारा भीष्मपर्वमा अर्जुनलाई दिइएको उपदेश
- दमयन्ती अथवा नल दमयन्ती, अरण्यकप्र्वमा एक प्रेमकथा
- कृष्णवार्ता: भगवान श्रीकृष्णको कथा
- राम रामायणको अरण्यकप्र्वको एक संक्षिप्त रूप
- ॠष्य ॠंग: एक ॠषि को प्रेमकथा
- विष्णुसहस्रनाम: शान्तिपर्वमा भगवान विष्णुको १००० नामहरुको महिमा
[परिवर्तन्] आधुनिक महाभारत
महाभारतमा वेदहरु र अन्य हिन्दू ग्रंथहरुको सार निहित छ भन्ने आस्था छ। यस ग्रन्थमा एक अर्कासंग जोडिएको धेरै कथाहरु, देवी देवताहरुको जन्मको कथा, पौराणिक र ब्रह्माण्डीय घटनाहरु, दार्शनिक रस सहित जीवनका धेरै पक्ष समाहित छन्। यी कथाहरु आमरूपमा बच्चाहरुलाई सिकाइन्छ, र घर-बाहिर हुने धार्मिक अनुष्ठानहरुमा गाभिन्छ। महाभारत अनुसार जसले यसलाइ पढेका छैनन् उसको आध्यात्मिक र यौगिक खोज अधूरो नै हुनेछ।
१९८० ताका महाभारत नेपाल र भारतमा टेलिभिजनको पर्दामा पहिलो पल्ट दूरदर्शनको माध्यमबाट घर-घरमा पुग्यो र अभूतपूर्व रुपले लोकप्रिय भयो। पछि नेपाल टेलिभिजनले यसको प्रशारण अनुमति लिएर हिन्दीमै नेपालभरि प्रसारण गर्यो। १९८९मा पीटर ब्रुकद्वारा पहिलो पल्ट यो ग्रन्थको अंग्रेजी भाषामा चलचित्र बन्यो।
[परिवर्तन्] महाभारतका पात्रहरु
अभिमन्यु : अर्जुनको वीर पुत्र जसले कुरुक्षेत्र युद्धमा वीरगति प्राप्त गरेका थिए।
अम्बा : शिखन्डी पूर्व जन्ममा अम्बा नामक राजकुमारी थिए।
अम्बिका : विचित्रवीर्यको पत्नी, अम्बा र अम्बालिकाको बहिनी।
अर्जुन : देवराज इन्द्रद्वारा कुन्ति र पान्डुको पुत्र। एक अतुल्निय धनुर्धर जसलाई श्रीकृष्णले श्रीमदभागवत गीताको उपदेश दिएका थिए।
भभ्रुवाहन : अर्जुन र चित्रांग्दाको पुत्र।
बाकासुर : महाभारत काव्यमा एक असुर जसलाई भीमले मारेर एक गाउंको वासीहरुको रक्षा गरेका थिए।
भीष्म : भीष्मको नाम देव्रथ थियो। उनी शान्तनु एवमं गंगाको पुत्र थिये। जब देव्रथले आफ्नो पिताको खुशीको लागि आजीवन ब्रह्मचारी रहने प्रण लिए, तब देखि उनको नाम भीष्म भयो।
द्रौपदी : द्रुपदको पुत्री जो अग्निबाट प्रकट भएकी थिइन्। द्रौपदी पांचै पाण्डवहरुको अर्धांगिनी थिइन्।
द्रोण : हस्तिनापुरको राजकुमारहरूलाई शस्त्र विद्या दिने ब्राह्मण् गुरु। अश्व्थामाको पिता।
द्रुपद : पान्चालको राजा र द्रौपदी एवमं द्रिश्टिद्युनको पिता। द्रुपद र द्रोण बाल्यकालमा मित्र थिए।
दुर्योधन : कौरवहरुमा जेठो। ध्रतराष्ट्र र गान्धारीका १०० पुत्रहरूमा सबैभन्दा ठूला।
दुशासन : दुर्योधन पछिको माइलो भाइ जसले द्रौपदीलाई हस्तिनापुर राज्यसभामा कपाल समातेर ल्याएको थियो। कुरुक्षेत्र युद्धमा भीमले दुशासनको छातीको रगत पिएको थियो र द्रौपदीले उसको चिरहरण पछि खुलै राखेको कपालमा सो रगत लगाइ कपाल बाट्न लगाएका थिए ।
एकलव्य : द्रोणका एक महान शिष्य(विद्यार्थी) जससंग गुरुदक्षिणामा द्रोणले उनको बुढी औंला मांगेका थिए।
गाण्डीव : अर्जुन को हतियार धनुष, जो उनलाई अग्नि-देवले दिएका थिए। (धेरै मान्यताहरु को अनुसार)
गान्धारी : गांधारको राजाको पुत्री र ध्रतराष्ट्रकी पत्नी।
जयध्रथ : सिन्धुको राजा र ध्रतराष्ट्रको ज्वाइ। कुरुक्षेत्र युद्धमा अर्जुनले जयध्रथको शीर काटेरर वध गरेका थिए।
कर्ण : सूर्यदेव र कुन्तिको पुत्र र पाण्डवहरुको सबभन्दा ठूला भाइ। कुन्तिको विवाह पुर्व जन्मिएका कर्णलाई दानवीर-कर्णको नामले पनि चिनिन्छ। सूर्यदेवले कर्णको रक्षार्थ भनेर कर्ण कवच र कुण्डल लगाएरै जनमाएका थिए। कर्ण एकदम दानवीर थिए। जन्मिदै पहिरिएर आएको कवच पनि इन्द्रले कर्णसंग दान मागे भन्दैमा ती सवै कुराहरु कर्णले इन्द्रलाई दान गरेका थिए। महाभारतको युद्भ सुरु हुनुभन्दा पहिले कर्णलाइ अर्जुनसंग प्रतिस्पर्धी बनाउन / अर्जुनलाई बचाउन इन्द्रले सो कुराहरु मागेका थिए।
कृपाचार्य : हस्तिनापुरका ब्राह्मण गुरु। यिनकी बहिनी 'कृपी'को विवाह द्रोणसंग भएको थियो।
कृष्ण : देवकीको आठौं सन्तान जसले आफ्नो दुष्ट मामा कंसको वध गरेका थिए। भगवान कृष्णले अर्जुनलाई कुरुक्षेत्र युद्धको प्रारम्भमा गीता उपदेश दिएका थिए। श्रीकृष्ण, भगवान् विष्णुको आठौं अवतार थिए।
कुरुक्षेत्र : त्यो भूमि जहाँ महाभारतको महान युद्ध भएको थियो। यो ठाँउ आज भारतमा 'अम्बाला' नगरको नामले चिनिन्छ।
पाण्डव : पाण्डुका कुन्ति र माद्रीसंगका सन्तानहरु। यिनीहरु पाँच भाइ थिए: युद्धिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव।
परशुराम : अर्थात परशु वाला राम। उनी द्रोण, भीष्म र कर्ण जस्ता महारथीहरुका गुरु थिए। उनी भगवान विष्णुका छैटौं अवतार थिए।
शल्य : नकुल र सहदेवकी माता माद्रीको पिता।
उत्तरा : राजा विराटकी पुत्री। उत्तराको विवाह अभिमन्युसँग भएको थियो।
महर्षि व्यास : महाभारत महाकाव्यका लेखक। पारासर र सत्यवतीको पुत्र। उनलाई कृष्ण द्वपायनको नामले पनि चिनिन्छ किनकि उनि गहुँगोरो रंगका थिए र एक द्वीपमा जन्मिएका थिए।
[परिवर्तन्] संदर्भ र टीका
- ↑ Template:स्रोत किताब