बाइबल
नेपाली विकिपीडियाबाट
New Testament |
---|
|
बाइबल इसाईहरुको पवित्र किताब हो । इसाईहरु यसमा भगवान््का पवित्र शब्दहरु रहेको मान्दछन् । बाइबलका धेरै नामहरु छन्; कोही पवित्र लेख भन्दछन्, कोही राम्रो किताब मात्र पनि भन्दछन् । यो धेरै बर्ष पहिले हिब्रु, एरमेइक र ग्रीक भाषामा लेखिएको वा उल्था गरीएको थियो । पछि यो ल्याटीन र अन्य भाषामा पनि उल्था गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरुमा उल्था भइसकेको छ ।
पहिले इसाई धर्मशस्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो । उल्था नगरीकन बिब्लिया भन्ने शब्द अङ्ग्रेजीमा पस्यो । उच्चारणको परिवर्तन भएर, बाइबल भयो । अङ्ग्रेजीबाट नेपालीमा पस्यो ।
वास्तवमा बाइबल धेरै किताबहरुको समिश्रणबाट बनेको छ । यसको पहिलो भागलाई पुरानो नियम भनिन्छ । यसमा चहीं जम्मा ३९ किताबहरुको समिश्रण गरिएको छ जसले इजरायलीहरुलाई कसरी भगवान््ले "आफ्ना मान्छेहरु " भनेर भने - भन्ने बारेमा लेखिएको छ । यहुदीहरू पनि यसलाई धर्मशस्त्र मान्दछन् ।
यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ । यो २७ किताबहरुको संग्रह हो जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए । यो किताबको मुख्य भागमा यशुको जीवनको वारेमा लेखिएको छ । यसमा सुसमाचार नाम भएका चार भागहरु छन् । नयाँ नियममा पुराना इसाई नेताहरुले लेखेका चिट्ठीहरु पनि छन्, प्रायजसो सन्त पावलद्वारा लेखीएका चिट्ठीहरु छन् ।
बाइबलमा धेरै थरीका किताबहरु छन् । कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरुमा कथाहरु छन् । कुनैमा विद्धानहरुका भनाइहरु छन् । कुनैमा भगवान््ले आफ्ना मान्छेहरुलाई गर्न भनेका कुराहरु छन् । कुनैमा भगवान््को गुनगान भएका भजनहरु छन् । कुनै आकाशवाणीका किताबहरु छन्, जसमा भगवान््ले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरु छन् ।