नेपाल
From Wikipedia
नेपाल राज्य | |||||
---|---|---|---|---|---|
|
|||||
|
|||||
राष्ट्रिय जानकारी | |||||
राष्ट्रिय motto: | जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी | ||||
राष्ट्रिय गान: | सयौं थूंगा फूलका हामी | ||||
|
|||||
जनसङ्ख्या | |||||
आधिकारिक भाषा: | नेपाली | ||||
जनसङ्ख्या: |
|
||||
|
|||||
भूगोल | |||||
संसारको नक्सामा यो देश यहाँ छ | |||||
राजधानी: | काठमाडौं | ||||
सबैभन्दा ठुलो नगर: | काठमाडौं | ||||
क्षेत्रफल |
|
||||
|
|||||
राजनीति / सरकार | |||||
स्थापित: | १७६८ (एकिकरण) | ||||
राष्ट्रप्रमुख: | राजा: ज्ञानेन्द्र वीर विक्रम शाहदेव प्रधानमन्त्री: गिरिजा प्रसाद कोईराला |
||||
|
|||||
अर्थतन्त्र | |||||
मुद्रा: | रूपैयाँ | ||||
|
|||||
अन्तर्राष्ट्रिय जानकारी | |||||
समय क्षेत्र: | +५:४५ | ||||
टेलिफोन डाइलिङ कोड: | +९७७ | ||||
इन्टर्नेट डोमेनहरू: | .np |
नेपाल, अन्तरिम संविधान अनुसार आधिकारिक रूपमा नेपाल राज्य[1] ([neˈpaːl] ) एक दक्षिण एशियाली भूपरिवेस्टित हिमाली राष्ट्र हो। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विभिधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्म फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये आठ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको राजधानी र सबैभन्दा ठुलो सहर काठमाडौं हो। अन्य प्रमुख सहरहरुमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, र महेन्द्रनगर पर्दछन्। नेपाल भन्ने शब्दको उत्त्पत्तिको बारेमा ठोस प्रमाण केही छैन, तर एक प्रसिद्ध विश्वास अनुसार यो शब्द ने मुनि तथा पाल (ओडार) मिलेर बनेको हो।
निरन्तर रुपमा राजा-रजौटाहरुको अधिनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. स. २०४६ सालको आन्दोलन पश्चात संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्यो। तर यस पश्चात पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो। यो व्यवस्थामा हुंदा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखिको ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो। माओवादीहरू राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रुपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरुको बिरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे। उनीहरुले नेपालको सामन्ती व्यवस्था (उनीहरुको अनुसार यसमा राजतन्त्र पनि पर्दछ) फ्यांकेर एक माओवादी राष्ट्र स्थापना गर्ने प्रण गरेका छन्। यही कारणले नेपाली गृहयुद्ध सुरु भयो जसको कारण १३,००० मानिसको ज्यान गईसकेको छ। यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले। सन् २००५मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहन गर्नुभयो। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६मा भंग गरिएको संसदलाई पूनर्स्थापना गरे। मे १८, २००६ मा आफ्नो भर्खरै पाएको सार्वभौमताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गरे तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे। हाल, देशको नयाँ संविधान निर्माण गर्न संविधान सभाको चुनाव निकट भविश्यमा हुने आशा गरिएको छ।
विषयसूची |
[परिवर्तन्] इतिहास
हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाण्डौ उपत्यकामा पाईएका प्राचीन औजारहरूले पुष्टि गर्दछ। सम्भवत तिव्वती-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।[2]
ईशापूर्व १५०० तिर इन्डो-आर्यन जातिहरू उपत्यका प्रवेश गरे। करिव ईशापूर्व १००० तिर स-साना राज्यहरू र राज्यसंगठनहरू बने। शिद्धार्थ गौतम (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर चिनिन थाले।
ईशापूर्व २५० सम्ममा, यो क्षेत्रमा उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा पर्यो र पछी ४औं शताव्दिमा गुप्तवंशको अधिनमा कठपुतली राज्य हुनपुग्यो। यो क्षेत्रमा ५चौँ शताव्दिको उत्तरार्धमा आएर लिच्छबीहरूले राज्य गरे। ८औँ शताव्दिको उत्तरार्धमा लिच्छबीवंशको अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, तथापि उनिहरूको नियन्त्रण देशभरि कति विस्तार भएको थियो यकिन छैन। ११औँ शताव्दिको उत्तरार्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्यो। चालुक्यहरूको प्रभावमा त्यतिबेलाको चलिआएको बुद्धधर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्नथाले र नेपालमा धार्मिक परिवर्तन हुनथाल्यो।
१३औँ शताव्दिको पूर्वार्धमा संस्कृत शव्द मल्ल थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरुमा उनिहरूको सत्ता उदयमान हुन्छ, तर त्यापछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ठ पारे। १४औँ शताव्दिको उत्तरार्धमा देशका धेरैजसो भाग एकिकृत राज्यको अधिनमा आयो। तर यो एकिकरण छोटो समयसम्म मात्र टिक्यो: १४८२मा यो राज्य तिन भागमा टुक्र्यो - काठमाण्डु, पाटन, र भादगाँउ – जसको विचमा शताव्दियौँ सम्म साना दुशमनी रहेको थियो।
१७६५मा, गोरखाका राजा पृथ्वी नारायण शाहले भारतिय राजाहरूबाट हतियार र सहयोग लिए र छिमेकी भारतिय राज्यहरूको तटस्थता किन्न सफल भएपछि देश एकिकरणका निम्ति अघि बढे। धेरै रक्तरंजित लडाँईहरू पश्वात, उनी ३ वर्षपछि नेपाललाई एकिकरण गर्न सफल भए। तथापि उनले काठमाण्डुलाई जित्दाखेरि कुनै युद्ध गर्नु परेन। वास्तबमा, त्यतिबेला इन्द्रजात्रा पर्वमा उपत्यकाका सबै जनताहरू जात्रा मनाइरहेका थिए जब पृथ्वी नारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतविना उपत्यकालाई कब्जा गरे। यसले नयाँ नेपालको जन्मको संकेत गर्यो।
तिब्बत सँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको बिबाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागी आएपछि नेपालले पछि हट्नुपर्यो। नेपालको सिमा नजिकका स-साना राज्यहरूलाई हडपेका कारण सुरू भएको ब्रिटिस इस्ट इण्डिया कम्पनि सँगको दुश्मनीका कारण छोटो तर रक्तरंजित एङ्गलो-नेपाल युद्ध (१८१५–१६) भयो, जसमा नेपालले हालको सिमा रक्षा गर्न सफल भए पनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्यो। ति क्षेत्रहरू हुन् हालको उत्तराखण्ड राज्य र हालको हिमाञ्चल प्रदेशका धेरै पञ्जाबी पहाडी राज्यजहरू। आफ्नो स्वाधिनताका लागी नेपालले कम्पनिसँग सुगौली संधि गरेर तराईका केही भूभाग र सिक्किम गुमाउनु पर्यो।
राज परिवार विचको गुटबन्दिका कारण युद्धपछि अस्थायित्व कायम भयो। शन् १८४६मा शासन गरिरहेकी रानीकी सेनानायक जङ्गबहादुरलाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुँनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूविच मारकाट चल्नाले देशका सयौँ राजखलाक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जिते पछि राणा खानदान सुरुगरे र राणा शासन लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को सेपोई रेबेल्योन (प्रथम भारतीय स्वतंत्रता संग्राम), र पछि दुबै विश्व युद्धहरूमा सगाएका थिए। शन् १९२३मा संयुक्त अधिराज्य र नेपाल विच आधिकारिक रुपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपलको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्यो।
१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टिहरू राणा शासनको बिरुद्धमा उत्रे। त्यसै ताका चीनले १९५०मा तिब्बत कब्जा गर्यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरुप राजा त्रिभूवनलाई भारतले समर्थन गरि १९५१मा शत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली कङ्ग्रेस पार्टिको सहभगिता थियो। राजा र सरकार विच वर्षौँको शक्ति खिचातानि पश्चात, १९५९मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्याँस अन्त्य गरि "निर्दलिय" पञ्चायत व्यवस्था लागु गरि राज्य गरे। शन् १९८९को "जनआन्दोलन"ले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्यायो[3] र मे १९९१मा कृष्णप्रशाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधानको निर्माण भयो र संसदका लागि लोकतान्त्रिक चुनाव गराए। नेपाली कङ्ग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र गिरिजाप्रशाद कोइराला प्रधानमन्त्री बने।
[परिवर्तन्] भूगोल
नेपाल अन्दाजी चारकुने आकारको छ। नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० मा) र चौडाई २०० किलोमिटर (१२५ मा) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq मा)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, पहाड, र तराइ क्षेत्र। यी क्षेत्रहरु पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरुलाई नेपालका प्रमुख नदीहरुले ठाउँ-ठाउँमा विभाजन गरेका छन्|
भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरु हुन्: कोशी, गण्डकी (भारतमा गण्डक नदी), र कर्णाली नदी। यो भूभाग उष्म र संतृप्त हुन्छन्।
पहाडी भूभागमअ १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फू) उचांईका पर्वत पर्दछन्| यो क्षेत्रमा महाभारत लेख र सिवालिक श्रृखला (चुरिया) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन्। पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यकाहरुको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ।
हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृखलाहरु पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सिमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ। संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन्। कञ्चनजङ्घा, संसारको तेश्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वन बिनास एक मुख्य हो जसले गर्दा भूक्षय र इकोसिस्टमको विनास हुन्छ।
नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसंग केही मात्रामा मेल खान्छन्। ट्रपिकल तथा सबट्रपिकल क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, टेम्परेट क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), सबआर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र आर्क्टिक क्षेत्र ४,४०० मिटर(१४,४०० फिट)भन्दा माथि। नेपालमा पाँच ऋतुहरु छन्: उष्म, मनसून, अटम, शिषिर र बसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसूनको वायुको उत्तरी परिधिको रुपमा पनि काम गर्दछन्।
नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल)को एक सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन्| यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ|
संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र तिब्बतको सिमानामा अवस्थित छ। यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज(ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ| जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्दछन्। अन्य चढिने हिमालमा अन्नपुर्ण (१,२,३,४) अन्नपुर्ण श्रृंखलामा पर्दछ।
[परिवर्तन्] अर्थतन्त्र
कृषिले जनसङ्ख्याको ७६% धानेको छ र कुल ग्राह्यस्थ उत्पादनको ३९% योगदान गरेको छ भने सेवाले ३९% र उद्योगले २१% गरेको छ। देशको उत्तरी दुई-तिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे-सडकहरूको कुल लम्बाई ८,५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे-लाइनको कुल लम्बाई ५९ किमि मात्र छ। ४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ; तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ; सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल (वा तार-रहित) सेवाको स्थिति भने देशभर राम्रो छ। सन् २००५ मा १,७५,००० इन्टरनेट जडानहरू (connections) थिए, तर "सङ्कटकाल" लागू भएपश्चात केही समय सेवा अवरूद्ध भएको थियो। केही अन्योल पछि नेपालको दोस्रो बृहत जनआन्दोलनले राजाको निरङ्कुश अधिकार समाप्त गरे पश्चात भने सवै इन्टरनेट सेवाहरू बिना रोकटोक सुचारू भएका छन्।[4]
नेपालको भूपरिबेस्टित स्थिति[5] र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन। नेपालले भारत, जापान, संयुक्त अधिराज्य, अमेरिका, युरोपेली संघ, चीन, स्वीजरल्याण्ड र स्क्यानडेभियन राष्ट्रहरूबाट वैदेशिक सहयोग पाँउछ। आर्थिक बर्ष २००५/०६मा सरकारको बजेट करिब १.१५३ अर्ब अमेरिकी डलर जतिको थियो, तर कुल खर्च १.७८९ अर्ब भएको थियो। १९९० दशक तिरको बढ्दो मुद्रा स्फीति दर घटेर २.९% पुगेको छ। बर्षौं देखि नेपाली मुद्रा रूपैयाँलाई भारतिय रूपैयासँग सटहीदर १.६ मा स्थिर राखिएको छ। १९९० दशकमा खुकुलो परिएको मुद्रा बिनिमय दर निर्धारण नीतिका कारण बिदेशी मुद्राको कालोबजार लगभग समाप्त भएको छ। एक दिर्घकालिन आर्थिक सम्झौताले भारतसँगको राम्रो संबन्धलाई टेवा दिएको छ।
जनताहरू बीचको सम्पत्ति वितरण अन्य विकसित र विकासोन्मुख देशहरूको दाँजोमै छ: माथिल्ला १०% गृहस्थीसँग कूल राष्ट्रिय सम्पतिको ३९.1% माथि नियन्त्रण छ भने निम्नतम १०% सँग केबल २.6% मात्र।
नेपालको १ करोड जतिको कार्यबलमा दक्ष कामदारको निकै कमी छ। ८१% कार्यबललाई कृषिले, १६% सेवाले, र ३% उत्पादन/कला-आधारित उद्योगले रोजगारी प्रदान गर्दछ। कृषी उत्पादनहरू —— मुख्यतया भारत सीमा नजिकका तराईक्षेत्रमा खेती गरिने —— हुन्: चामल, मकै, गहूँ, उखु, दुध, र राँगापालन। उद्योगमा जुट, उखु, सुर्ति र अन्न लगायतका मुख्यत: कृषी प्रसोधनका कार्यहरू गरिन्छ। नेपालका शानदार भूदृश्य र गहन, अनौठो संस्कृतिका फलस्वरुप पर्यटनमा निक्कै संभाव्य छ, तर यस निर्यातमुलक उद्योगलाई बिगतका राजनैतिक घटनाहरूले निक्कै खस्काइदिएको छ। बेरोजगारी र अल्परोजगारीको अनुपात जनसङ्ख्याको कार्यबल-आयुको आधा पुग्छ। त्यसैले धेरै नेपालीहरू कामको खोजिमा भारत जान्छन, खाडी राष्ट्रहरू र मलेसिया कामका नया श्रोतहरू हुन। गरिबी चर्को छ।[6] भारतिय र ब्रिटिस सैनिकमा कार्यरत गोर्खाली सेनाहरू मार्फत नेपालले वार्षिक ५ करोड अमेरिकी डलर आम्दानि गर्दछ। गोर्खाली सेनालाई कौशल र बहादुरीका लागि आदर गरिन्छ। पर्सियन खाडी र मलेसिया, जहाँ करिब ७ लाख नेपाली श्रमिकहरू कार्यरत छन्, बाट पठाइने रकाम समेत कुल रेमिट्यान्सको करिब १ अर्ब डलरको हाराहारिमा छ।
सन २००५ का लागि नेपालको कुल ग्राह्यस्त उत्पादन (GDP) अनुमान ३९ अर्ब डलर भन्दा बढि (पर्चेजिङ पावर प्यरिटि समायोजित) छ, जसले यसलाई विश्वकै ८३औँ ठूलो अर्थतन्त्र बनाएको छ। प्रति-व्यक्ति आय करिब १,४०२ डलर छ, जसको स्थान १६३औँ छ। नेपालको निर्यात मुख्यत: गलैँचा, पोशाक, छालाका बस्तुहरू, जुट र अन्न गरि कूल ८२.२ करोड डलरको छ। आयात मुख्यत: सुन, मेसिनरि तथा कलपुर्जाहरू, पेट्रोलियम पदार्थ र कृषिमल गरि जम्मा २ अर्ब डलरको छ। प्रमुख निर्यात गरिने राष्ट्रहरू भारत (५३.७%), संयुक्त राज्य अमेरिका (१७.४%), र जर्मनी(७.१%) हुन। नेपालले आयात गर्ने प्रमुख राष्ट्रहरू हुन भारत (४७.५%), संयुक्त अरब इमिरेट्स (११.२%), चीन (१०.७%), साउदी अरेबिया (४.९%), र सिङ्गापुर (४%).
[परिवर्तन्] प्रशासनिक विभाजन
नेपाल १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजित छ| प्रत्येक जिल्ला एक निश्चित जिल्ला प्रमुखद्वारा निर्देशित हुन्छ| जिल्ला प्रमुखको काम जिल्लामा विधान तथा शान्ति बहाल गर्नु र सरकारी मन्त्रालयहरुको काम सघाउनु हो|
नेपालका १४ अञ्चलहरु: | ||
1 मेची | 8 लुम्बिनी | |
2 कोशी | 9 धवलागिरी | |
3 सगरमाथा | 10 राप्ती | |
4 जनकपुर | 11 कर्णाली | |
5 बागमती | 12 भेरी | |
6 नारायणी | 13 सेती | |
7 गण्डकी | 14 महाकाली |
[परिवर्तन्] संस्कृति
नेपालको संस्कृति तिब्बत र भारतसँग मिल्दोजुल्दो छ। यहाँको भेषभूषा, भाषा तथा पकवानहरुमा समानता छ। नेपालको सामान्य खाना भनेको दाल, भात, तरकारी, अचार हो। यस प्रकारको खाना एक चोटी बिहान र एक चोटी रातमा गरेर दिनको दुई पटक खाइन्छ। यी खानाहरुको बीचमा चिउरा तथा चियाको सेवन पनि गरिन्छ। समय-समयमा माछा, मासु, अण्डा आदिको सेवन पनि गरिन्छ। हिमाली भेगमा गहुँ, मकै , कोदो, आलु आदिको खाना हुन्छ भने तराईमा गहुँको रोटीको प्रचलन धेरै छ। कोदोको मादक पदार्थ तोङ्गबा, छ्याङ, रक्सी आदिको सेवन हिमाली भेगमा बढी हुन्छ। नेवार समुदाय आफ्नै विशेष किसिमको नेवारी परिकारहरु सेवन गर्दछन्।
[परिवर्तन्] संदर्भ
- ↑ नेपालको अन्तरिम संविधान २०६३
- ↑ A Country Study: Nepal. Federal Research Division, Library of Congress. Retrieved on September 23, 2005.
- ↑ Timeline: Nepal. BBC News. Retrieved on September 29, 2005.
- ↑ Nepal. CIA World Factbook. Retrieved on सेप्टेम्बर २३, २००५.
- ↑ Nepal: Economy. MSN Encarta. Retrieved on September 23, 2005.
- ↑ Nepal. Factbook on Global Sexual Exploitation. Retrieved on September 23, 2005.
- CIA World Factbook [1] 2000
- Nepal Population Report 2002
- Images and Photos from different parts of Nepal
- नेपाल सरकार
- राजसंस्था
- परराष्ट्र मन्त्रालय
- प्रधानमन्त्रीको कार्यालय
[परिवर्तन्] समाचार
- कान्तिपुर अन्लाईन
- हिमाल खवर
- नेपालन्युज् डट् कम्
- बी.बी.सि. नेपाली सेवा
- फ्रान्स नेपाल इन्फो
- अन्नपूर्ण पोष्ट
|
||
---|---|---|
भूगोल : नेपालको भूगोल | हिमाल | पहाड | महाभारत क्षृंखला | भित्री मधेश | चुरे | तराई | ||
विकास क्षेत्रहरु: पूर्वाञ्चल | मध्यमाञ्चल | पश्चिमाञ्चल | मध्यपश्चिमाञ्चल | सुदुरपश्चिमाञ्चल | ||
भाषाहरु: नेपाली | नेपाल भाषा | तामाङ | किरांत भाषाहरु | गुरुङ भाषा | मगर भाषा | मैथिली | भोजपुरी | शेर्पा भाषा |