पवित्र बाइबल
From Wikipedia
बाइबल ईशाइहरुको पवित्र किताब हो। ईशाइहरु यसमा भगवानका पवित्र शब्दहरु रहेको मान्दछन् । बाइबलका धेरै नामहरु छन्; कोहि पवित्र Scripture भन्दछन्, कोहि Holy Writ त कोही राम्रो किताब मात्र पनि भन्दछन्। यो धेरै बर्ष पहिले Hebrew, Aramaic र ग्रीकमा लेखिएको वा उल्था गरीएको थियो । पछि यो ल्याटीन र अन्य भाषामा पनि उल्था गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरुमा उल्था भईसकेको छ।
वास्तवमा वाइवल धेरै किताबहरुको समिश्रण बाट बनेको छ। यसको पहिलो भाग लाइ Old Testament भनिन्छ । यसमा चाहीँ जम्मा ३९ किताबहरुको समिश्रण गरिएको छ जसले इजरायलीहरुलाई कसरी भगवानले "आफ्ना मान्छेहरु " भनेर भने - भन्ने बारेमा लेखीएको छ।
यसको दोस्रो भागलाइ New Testament भनिन्छ। यो २७ किताबहरुको संग्रह हो जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए । यो किताबको मुख्य भागमा यशुको जीवनको वारेमा लेखीएको छ। यसमा Gospels नाम भएका चार भागहरु छन् जस। New Testament मा पुराना ईशाइ नेताहरुले लेखेका चिठ्ठीहरु पनि छन्, प्रायजसो Saint Paul द्धारा लेखीएका चिठ्ठीहरु छन्।
बाइबलमा धेरै थरीका किताबहरु छन् । कुनैमा यशुका इतिहाँस, कुनैमा यशु र यहुदीहरुमा कथाहर छन् । कुनैमा विद्धानहरुका भनाइहरु छन् । कुनैमा भगवानले आफ्ना मान्छेहरुलाइ गर्न भनेका कुराहरु छन् । कुनैमा भगवानको गुनगान भएका भजनहरु छन्। कुनै prophecyका किताबहरु छन्, जसमा भगवानले आफ्ना छानिएका मान्छे(prophets)लाइ दिएका सन्देशहरु छन् ।