शनिग्रह
From Wikipedia
शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant), हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय रिङ् छ जुन बरफ र खनिज चट्टानले बनेको छ।
शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किनकी यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको यौटामात्र त्यस्तो ग्रह हो जसको घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्ने हो भने पोखरीमा शनि तैरने छ।
शनिका धेरै चन्द्रहरू छन्। ३० वटा चन्द्रका नामाकरण गरीएका छन्। बाँकीका चन्द्रका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका चन्द्रलाई टाइटन, Rhea, , Dione, Tethys, Enceladus, Mimas, Hyperion, Phoebe र Janus भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो चन्द्र हो। डिसेम्बर २००४ र ज्यानुवरी २००५ मा शनिका नजिकैबाट खिचिएका धेरै फोटाहरू लिइएका थिए। यसको श्रेय जान्छ त्यो मानव निर्मित भू-उपग्रह जसलाई भनिन्छ। त्यस भू-उपग्रहको यौटा भागले त अझ टाइटनमा अवतरण पनि गरेको थियो।
[परिवर्तन्] यो पनि हेर्नुहोस्
सौर्यमण्डल |
---|
तारा: सूर्य |
ग्रहहरू: बुध • शुक्र • पृथ्वी • मंगल • बृहस्पति • शनि • युरेनस (राहु) • नेप्च्युन (केतु) |
फुच्चे ग्रहहरू: सेरेस • प्लुटो (यम) • एरिस |
साना सौर्यमण्डलिय पिण्ड: क्षुद्रग्रह पेटी – पुच्छ्रेतारा – उल्कापिण्ड – कुइपर पेटी – फिँजिएको चक्का – उर्ट बादल |
अन्य: चन्द्रमा |
श्रेणीहरु: Stub | ग्रह | खगोलशास्त्र | सौर्यमण्डल